काठमाडौं । मिठो स्वरकी धनी गायिका पुर्णिमा लामा र सबैको लोक प्रिय गायक गोपाल आचार्यको आवाज,एलेन मगर / रिमा बिश्वोकर्मा / मेघना मगर / रोयल सारु मगरको अभिनयमा ‘मर्दको छोरो’ बोलको गीत सार्वजनिक भएको छ।
गीतमा खेम सारु मगरको शब्द,संगीत रहेको छ । उक्त गीतमा लोक प्रिय गायक गोपाल आचार्य र मिठो स्वरकी धनी गायिका पुर्णिमा लामाको स्वर रहेको छ। अलंगकर स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले संगीत संयोजन र मिक्सिङ / मास्टरिङ गरेका हुन्।
लक्षु गौतमको निर्देशन,मेघना मगरको कोरीयोग्राफर रहेको उक्त भिडियोमा एलेन मगर / रिमा बिश्वोकर्मा / मेघना मगर / रोयल सारु मगरको अभिनय देख्न सकिन्छ। रोनिश तामाङको छायांकन गरेको भिडियोलाई बिबेक सुनारले सम्पादन,कलर गरेका हुन् । ‘मर्दको छोरो’ म्यूजिक भिडियो Megha Well Pictures अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :