Menu Close

मोनु शाह र टिना छेत्री ‘अँधेरी रातमा’ रमाउदै (भिडियोसहित)

Share

काठमाडौं । सबैको लोक प्रिय रन्जन राई र मिठो स्वरकी धनी गायिका एलिना चौहानको आवाज, मोनु शाह / टिना छेत्रीको अभिनयमा ‘अँधेरी रातमा’ बोलको गीत सार्वजनिक भएको छ।

गीतमा रंजन राईको शब्द,संगीत रहेको छ । उक्त गीतमा लोक प्रिय गायक रन्जन राई र मिठो स्वरकी धनी गायिका एलिना चौहानको स्वर रहेको छ। अलंगकर स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले संगीत संयोजन र रन्जन राईले मिक्सिङ / मास्टरिङ गरेका हुन्।

एकान्त मगरको निर्देशन रहेको उक्त भिडियोमा मोनु शाह / टिना छेत्रीको अभिनय देख्न सकिन्छ। सन्जोग श्रेष्ठको छायांकन गरेको भिडियोलाई एकान्त मगरले सम्पादन,कलर गरेका हुन् । ‘अँधेरी रातमा’ म्यूजिक भिडियो Ranjan Rai अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *