Menu Close

प्रताप दासको ‘हिजो उनको साथ हुदा’मा अभिराज बि.सी.र मेलिना गुरुङ (भिडियोसहित)

Share

काठमाडौं । सबैको लोक प्रिय गायक प्रताप दासको आवाज अभिराज बि.सी. / मेलिना गुरुङ / गोबिन बि.सी. / समिना मगरको अभिनयमा ‘हिजो उनको साथ हुदा’ बोलको गीत सार्वजनिक भएको छ।

अत्यन्तै चर्चित तथा नेपालीहरुकाे मनमा बस्न सफल गायका प्रताप दासकाे समुधुर आवाजमा ‘हिजो उनको साथ हुदा’ गीत सार्वजनिक भएको छ । प्रताप दासले छाेटाे समयमै अपार सफलता पाएका र दर्जनौं गीतलाई आफ्नो आवाजले सजाउन सफल गायक हुन् । त्यस्तै भिम बि.सी.ले विभिन्न गीतहरूमा मिठास पुर्ण शब्द तथा संगीत दिएका छन् ।

गीतमा अभिराज बि.सी.को शब्द,भिम बि.सी.को संगीत रहेको छ । उक्त गीतमा सबैको लोक प्रिय गायक प्रताप दासको स्वर रहेको छ। मेलोडी नेपाल स्टुडियोमा रेकर्ड गरेको गीतलाई पुस्कर सुनुवारले मिक्सिङ / मास्टरिङ र संगीत संयोजन गरेका हुन्।

बिशाल घिमिरेको कथा/निर्देशन रहेको उक्त भिडियोमा अभिराज बि.सी. / मेलिना गुरुङ / गोबिन बि.सी. / समिना मगरको अभिनय देख्न सकिन्छ। दिपेश के.सी.ले छायांकन गरेको भिडियोलाई मनोज कार्कीले सम्पादन,कलर गरेका हुन् । ‘Hijo Unko Sath Huda’  ‘हिजो उनको साथ हुदा’ म्यूजिक भिडियो Young Hearts Nepal अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *