Menu Close

सुजन परियारको ‘पल्लो घरको झ्याल’ मा निशान बि.सी.र सबिना गिरी (भिडियोसहित)

Share

काठमाडौं । सबैको लोक प्रिय गायक सुजन परियार र मिठो स्वरकी धनी गायिका सुनितामी परियारको आवाज निशान बि.सी. / सबिना गिरीको अभिनयमा ‘पल्लो घरको झ्याल’ बोलको गीत सार्वजनिक भएको छ।

गीतमा बिनोद ढकालको शब्द,संगीत रहेको छ । उक्त गीतमा सबैको लोक प्रिय गायक सुजन परियार र मिठो स्वरकी धनी गायिका सुनितामी परियारको स्वर रहेको छ। मंगलम स्टुडियोमा रेकर्ड गरेको गीतलाई कृष्ण लामिछानेले मिक्सिङ / मास्टरिङ र संगीत संयोजन गरेका हुन्।

निशान बि.सी.को निर्देशन / दुर्गा बान्तवा राईको कोरीयोग्राफर रहेको उक्त भिडियोमा निशान बि.सी. र सबिना गिरीको अभिनय देख्न सकिन्छ। दुर्गा बान्तवा राईले छायांकन गरेको भिडियोलाई मनोज राईले सम्पादन,कलर गरेका हुन् । (PALLO GHARKO JHYAL) ‘पल्लो घरको झ्याल’ म्यूजिक भिडियो Dhakal Binod / LAB Music अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *