काठमाडौं । सबैको लोक प्रिय गायक बिर्ख बिश्वोकर्मा र कल्पना बि.क.को आवाज शुष्मा कार्की / हिरोज सोनी /रोहित ओली र निश्मा सिटौलाको अभिनयमा “बाटुली” बोलको गीत सार्वजनिक भएको छ।
अत्यन्तै चर्चित तथा नेपालीहरुकाे मनमा बस्न सफल गायक बिर्ख बिश्वोकर्मा र मिठो स्वरकी धनी गायिका कल्पना बि.क.को समुधुर आवाजमा “बाटुली” गीत सार्वजनिक भएको छ । बिर्ख बिश्वोकर्माले छाेटाे समयमै अपार सफलता पाएका र दर्जनौं गीतलाई आफ्नो आवाजले सजाउन सफल गायक हुन् ।
गीतमा डम्बर बिश्वोकर्माको शब्द,संगीत रहेको छ । उक्त गीतमा सबैको लोक प्रिय गायक बिर्ख बिश्वोकर्मा र मिठो स्वरकी धनी गायिका कल्पना बि.क.को स्वर रहेको छ। प्रिज्मा स्टुडियोमा रेकर्ड गरेको गीतलाई श्यामश्वेत रसाइलीले मिक्सिङ / मास्टरिङ र केशब बडूको संगीत संयोजन गरेका हुन्।
अमर सुनारको निर्देशन / कोरीयोग्राफर रहेको उक्त भिडियोमा शुष्मा कार्की / हिरोज सोनी /रोहित ओली र निश्मा सिटौलाको अभिनय देख्न सकिन्छ। प्रकाश खड्काले छायांकन गरेको भिडियोलाई राजकुमार मगरले सम्पादन,कलर गरेका हुन् । “बाटुली” म्यूजिक भिडियो
OSR Digital अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :