काठमाडौं । सबैको लोक प्रिय गायक बिशाल निरौला र मिठो स्वरकी धनी गायिका शान्ती बस्नेतको आवाज एम.के.बाबु मगर र निशा भुजेलको अभिनयमा ‘माया चोखो छ’ बोलको गीत सार्वजनिक भएको छ।
यहाँ जुन जात,जुन धर्म,मान्छे सानो ठुलो र जति नै धन सम्पति भएनी आखिर माया नै ठुलो रहेछ। गीतले माया प्रेम र बिछोडको कुरालाई देखाउन खोजेको छ।
गीतमा खेम सारु मगर र शान्ती बस्नेतको शब्द,खेम सारु मगरको संगीत रहेको छ । उक्त गीतमा सबैको लोक प्रिय गायक बिशाल निरौला र मिठो स्वरकी धनी गायिका शान्ती बस्नेतको स्वर रहेको छ। अलंग्कार स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले मिक्सिङ / मास्टरिङ र संगीत संयोजन गरेका हुन्।
एकान्त मगरको निर्देशन रहेको उक्त भिडियोमा एम.के.बाबु मगर र निशा भुजेलको अभिनय देख्न सकिन्छ। एलेन मगरले छायांकन गरेको भिडियोलाई एकान्त मगरले सम्पादन,कलर गरेका हुन् । ‘माया चोखो छ’ म्यूजिक भिडियो SB official music अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :