Menu Close

अलिफ खानको ‘फसे मायालु’ मा सुनिल छेत्री र आयुष्मा कार्की (भिडियोसहित)

Share

काठमाडौं । सबैको लोक प्रिय गायक अलिफ खान,मोहन खड्का र मिठो स्वरकी धनी गायिका शान्तीश्री परियार / सुनिता बुढा छेत्रीको आवाज सुनिल छेत्री र आयुष्मा कार्कीको अभिनयमा ‘फसे मायालु’ बोलको गीत सार्वजनिक भएको छ।

अत्यन्तै चर्चित तथा नेपालीहरुकाे मनमा बस्न सफल गायक तथा गायिका अलिफ खान,मोहन खड्का र शान्तीश्री परियार,सुनिता बुढा छेत्रीकाे समुधुर आवाजमा ‘फसे मायालु’ गीत सार्वजनिक भएको छ । अलिफ खान,मोहन खड्का र शान्तीश्री परियार,सुनिता बुढा छेत्रीले दर्जनौं गीतलाई आफ्नो आवाजले सजाएर लाखौ दर्शकको मन मुटुमा बस्न सफल गायक/गायिका हुन् । त्यस्तै मोहन खड्काले विभिन्न गीतहरूमा आवाज र मिठास पुर्ण शब्द तथा संगीत दिएका छन् र कलाकार सुनिल छेत्री र आयुष्मा कार्कीले दर्जनौं भिडियोमा अभिनय गरेर सम्पूर्ण दर्शकको मन मुटुमा बस्न सफल भएका छन्।

गीतमा नेत्र अर्यालको शब्द,मोहन खड्काको संगीत रहेको छ । उक्त गीतमा सबैको लोक प्रिय गायक अलिफ खान/मोहन खड्का र मिठो स्वरकी धनी गायिका शान्तीश्री परियार/सुनिता बुढा छेत्रीको स्वर रहेको छ। वान.डि.बि. स्टुडियोमा रेकर्ड गरेको गीतलाई कमल सौरागले संगीत संयोजन गरेका हुन्।

सुनिल छेत्रीको निर्देशन /कोरीयोग्राफर रहेको उक्त भिडियोमा सुनिल छेत्री र आयुष्मा कार्कीको अभिनय देख्न सकिन्छ। करण चैसिरले छायांकन गरेको भिडियोलाई बिकाश ज्ञवालीले सम्पादन,कलर गरेका हुन् । ‘फसे मायालु’ ‘Fashe Mayalu’ म्यूजिक भिडियो Alif Khan
अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *