Menu Close

सुस्मिता फिल्मस् को ब्यानरबाट निर्माण भएको ‘सोर्है आना’ म्यूजिक भिडियो सार्वजनिक

Share

काठमाडौं । सबैको लोक प्रिय गायक बम सिंह साउद र मिठो स्वरकी धनी गायिका हिमानी भाटको आवाज अर्जुन खड्का /अमृता सापकोटा /नबिन दाहालको अभिनयमा ‘सोर्है आना’ बोलको गीत सार्वजनिक भएको छ।

गीतमा बम सिंह साउदको शब्द,जगत तिरुवाले संगीत रहेको छ । उक्त गीतमा सबैको लोक प्रिय गायक बम सिंह साउद र मिठो स्वरकी धनी गायिका हिमानी भाटको स्वर/जगत तिरुवाको र्याप रहेको छ। white Sound Studio मा रेकर्ड गरेको गीतलाई मनोज परियारले मिक्सिङ / मास्टरिङ र बिशाल निरौलाले संगीत संयोजन गरेका हुन्।

अनिल शाहीको निर्देशन/कोरीयोग्राफर रहेको उक्त भिडियोमा अर्जुन खड्का /अमृता सापकोटा /नबिन दाहालको अभिनय देख्न सकिन्छ। सरोज भट्टराईले छायांकन गरेको भिडियोलाई अर्जुन खड्काले सम्पादन,कलर गरेका हुन् । सुस्मिता फिल्मस् को ब्यानरबाट निर्माण भएको ‘सोर्है आना’ म्यूजिक भिडियोको निर्माता राजेन्द्र ढकाल (राहुल ) रहेका छन्। ‘सोर्है आना’ ‘Sorhai Aana म्यूजिक भिडियो Susmita Films Pvt. Ltd. अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *