काठमाडौं । सबैको लोक प्रिय गायक सुनिल धड्कन र मिठो स्वरकी धनी गायिका अस्मिता अधिकारीको आवाज देवेन्द्र बब्लु र मेलिना गुरुङको अभिनयमा ‘सपनानै तिमी मेरो’ बोलको गीत सार्वजनिक भएको छ।
गीतमा रोहित भुजेलको शब्द,बिशाल निरौलाको संगीत रहेको छ । उक्त गीतमा सबैको लोक प्रिय गायक सुनिल धड्कन र मिठो स्वरकी धनी गायिका अस्मिता अधिकारीको स्वर रहेको छ। अलंग्कार स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले मिक्सिङ / मास्टरिङ र संगीत संयोजन गरेका हुन्।
बिशाल घिमिरेको कथा/निर्देशन रहेको उक्त भिडियोमा देवेन्द्र बब्लु र मेलिना गुरुङको अभिनय देख्न सकिन्छ। नबराज उप्रेतीले छायांकन गरेको भिडियोलाई मनोज कार्कीले सम्पादन,कलर गरेका हुन् । ‘सपनानै तिमी मेरो’ ‘Sapananai Timi Mero’ म्यूजिक भिडियो Devendra Bablu अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :