Menu Close

प्रताप र प्रबिषाको प्रेमिल गीत ‘तिमी छौ र पो’मा रिस्ता बस्नेत र प्रवेश सिंहको रोमान्स (भिडियोसहित)

Share

काठमाडौं । सबैको लोक प्रिय गायक प्रताप दास र मिठो स्वरकी धनी गायिका प्रबिषा अधिकारीको आवाज रिस्ता बस्नेत र प्रवेश सिंहको अभिनयमा प्रेमिल गीत ‘तिमी छौ र पो’ सार्वजनिक भएको छ।

अत्यन्तै चर्चित तथा नेपालीहरुकाे मनमा बस्न सफल गायक प्रताप दास र गायिका प्रबिषा अधिकारीकाे समुधुर आवाजमा प्रेमिल गीत ‘तिमी छौ र पो’ सार्वजनिक भएको छ । प्रताप दास र प्रबिषा अधिकारीले दर्जनौं गीतलाई आफ्नो आवाजले सजाएर लाखौ दर्शकको मन मुटुमा बस्न सफल गायक/गायिका हुन् । त्यस्तै बाबुल गिरीले विभिन्न गीतहरूमा आवाज र मिठास पुर्ण शब्द तथा संगीत दिएका छन् र कलाकार रिस्ता बस्नेत र प्रवेश सिंहले दर्जनौं भिडियोमा अभिनय गरेर सम्पूर्ण दर्शकको मन मुटुमा बस्न सफल भएका छन्।

गीतमा अशोक बि.क.को शब्द,बाबुल गिरीको संगीत रहेको छ । उक्त गीतमा सबैको लोक प्रिय गायक प्रताप दास र मिठो स्वरकी धनी गायिका प्रबिषा अधिकारीको स्वर रहेको छ। ए.पल्स स्टुडियोमा रेकर्ड गरेको गीतलाई साजन शाहले मिक्सिङ / मास्टरिङ र बाबुल गिरीले संगीत संयोजन गरेका हुन्।

अशोक बि.क.को निर्देशन /कोरीयोग्राफर रहेको उक्त भिडियोमा रिस्ता बस्नेत र प्रवेश सिंह रोमान्टिक देखिएका छन् । उत्सव दाहालले छायांकन गरेको भिडियोलाई प्रविन भट्टले सम्पादन,कलर गरेका हुन् । ‘तिमी छौ र पो’ ‘Timi Chhau Ra Po’ म्यूजिक भिडियो AR Entertainment अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *