काठमाडौं । सबैको लोक प्रिय गायक रोशन बलुवा र मिठो स्वरकी धनी गायिका रानी शाक्यको आवाज अभिनेता पुष्प खड्का र मोडल गीता ढुंगानाको अभिनयमा ‘नपार दोधारमा’ सार्वजनिक भएको छ।
अत्यन्तै चर्चित तथा नेपालीहरुकाे मनमा बस्न सफल गायक रोशन बलुवा र गायिका रानी शाक्यकाे समुधुर आवाजमा ‘नपार दोधारमा’ सार्वजनिक भएको छ । रोशन बलुवा र रानी शाक्यले दर्जनौं गीतलाई आफ्नो आवाजले सजाएर लाखौ दर्शकको मन मुटुमा बस्न सफल गायक/गायिका हुन् । त्यस्तै रोशन बलुवाले विभिन्न गीतहरूमा आवाज र मिठास पुर्ण शब्द तथा संगीत दिएका छन् र अभिनेता पुष्प खड्का र मोडल गीता ढुंगानाले दर्जनौं भिडियोमा अभिनय गरेर सम्पूर्ण दर्शकको मन मुटुमा बस्न सफल भएका छन्।
गीतमा विक्रम के.सी.को शब्द,रोशन बलुवाको संगीत रहेको छ । उक्त गीतमा सबैको लोक प्रिय गायक रोशन बलुवा र मिठो स्वरकी धनी गायिका रानी शाक्यको स्वर रहेको छ। गीतलाई नरेन्द्र वियोगीले मिक्सिङ / मास्टरिङ र संगीत संयोजन गरेका हुन्।
मदन खड्काको निर्देशन /कोरीयोग्राफर रहेको उक्त भिडियोमा अभिनेता पुष्प खड्का र मोडल गीता ढुंगानाको अभिनय रहेको छ। बिरेन्द्र भट्टकोले छायांकन गरेको भिडियोलाई विकास ज्ञवालीले सम्पादन,कलर गरेका हुन् । ‘नपार दोधारमा’ ‘Napara Dodharma’ म्यूजिक भिडियो Rani Shakya अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :