Menu Close

ज्योत्सना र विवेकको अभिनयमा ‘यो मुटु भरी’ नया बर्ष २०७९ मा सार्वजनिक हुदै

Share

सञ्चारकर्मी ज्योत्सना घिमिरे र मोडल विवेक जोशीको अभिनयमा रहेको गीत ‘यो मुटु भरी’ को पोष्टर सार्वजनिक भएको छ ।

गीतमा माया प्रेम र रोमान्समा रहेका युवती विचको प्रेम लाई गीतमा समेटिएको निमार्ण पक्षले बताएको छ । माया भन्दा ठुलो धन सम्पती नभएको कुरा लाई गीतमा चित्रण गरिएको छ । विदेशी भुमीमा जान लागेको श्रीमानलाई परदेशमा भन्दा स्वदेशमै केही गर्न सकिन्छ भनेर गीतमा देखाइएको छ । प्रेममा त्यागिने समपर्णलाई गीतको माध्यमबाट लेखिएको गीतकी सर्जक तथा मोडल ज्योत्सना घिमिरेले बताइन । काठमाण्डौं आसपासका रमणिय स्थलमा छायाँकन गरिएको गीतमा जिवनका सुनौला पलहरुलाई देख्न सकिन्छ ।

आदित्य ठकुरीले ‘यो मुटु भरी’ म्यूजिक भिडियो गीतले मागे अनुसारको कथा वस्तु बयानर दर्शक र समाजले रूचानी खालको भिडियो बनाएका छन् र उनले अहिले सम्म धेरै ओटा आधुनिक/ लोक/ मैथिली / रोमान्टिक/ लोक डासिंग गीतको म्यूजिक भिडियो निर्देशन र अभिनय गरेका छन्। त्यस्तै मोडल विवेक जोशीले दर्जनौं भिडियोमा अभिनय गरेर सम्पूर्ण दर्शकको मन मुटुमा बस्न सफल भएका छन्।

गीतमा ज्योत्सना घिमिरेको शब्द,यादव घिमिरेको संगीत रहेको छ । उक्त गीतमा सबैको लोक प्रिय गायक यादव घिमिरे र मिठो स्वरकी धनी गायिका सृष्टि हिङमाङको स्वर रहेको छ। गीतलाई नोर्बु शेर्पाले संगीत संयोजन गरेका हुन्।

आदित्य ठकुरीको कथा/निर्देशन रहेको उक्त भिडियोमा ज्योत्सना घिमिरे र विवेक जोशीको अभिनय देख्न सकिन्छ। रोनिस तामाङले छायांकन गरेको भिडियोलाई एकान्त मगरले सम्पादन,कलर गरेका हुन् । ‘यो मुटु भरी’ म्यूजिक भिडियोको निर्माता कृष्ण प्रसाद घिमिरे र कमला देवी घिमिरे रहेका छन्। BLACK EYES PICTURE को निर्माण तथा प्रस्तुती रहेको ‘यो मुटु भरी’ म्यूजिक भिडियो नया बर्ष २०७९ मा
सार्वजनिक गरिने समेत निमार्ण पक्षले बताएको छ।सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *