काठमाडौं । सबैको लोक प्रिय गायक यादव घिमिरे र मिठो स्वरकी धनी गायिका सृष्टि हिङमाङको आवाज ज्योत्सना घिमिरे र विवेक जोशीको अभिनयमा ‘यो मुटु भरी’ सार्वजनिक भएको छ।
गीतमा माया प्रेम र रोमान्समा रहेका युवती विचको प्रेम लाई गीतमा समेटिएको निमार्ण पक्षले बताएको छ । माया भन्दा ठुलो धन सम्पती नभएको कुरा लाई गीतमा चित्रण गरिएको छ । विदेशी भुमीमा जान लागेको श्रीमानलाई परदेशमा भन्दा स्वदेशमै केही गर्न सकिन्छ भनेर गीतमा देखाइएको छ । प्रेममा त्यागिने समपर्णलाई गीतको माध्यमबाट लेखिएको गीतकी सर्जक तथा मोडल ज्योत्सना घिमिरेले बताइन ।
गीतमा ज्योत्सना घिमिरेको शब्द,यादव घिमिरेको संगीत रहेको छ । उक्त गीतमा सबैको लोक प्रिय गायक यादव घिमिरे र मिठो स्वरकी धनी गायिका सृष्टि हिङमाङको स्वर रहेको छ। गीतलाई नोर्बु शेर्पाले संगीत संयोजन गरेका हुन्।
आदित्य ठकुरीको कथा/निर्देशन रहेको उक्त भिडियोमा ज्योत्सना घिमिरे र विवेक जोशीको अभिनय देख्न सकिन्छ। रोनिस तामाङले छायांकन गरेको भिडियोलाई एकान्त मगरले सम्पादन,कलर गरेका हुन् । ‘यो मुटु भरी’ म्यूजिक भिडियोको निर्माता कृष्ण प्रसाद घिमिरे र कमला देवी घिमिरे रहेका छन्। BLACK EYES PICTURE को निर्माण तथा प्रस्तुती रहेको ‘यो मुटु भरी’ ‘YO MUTU BHARI’ म्यूजिक भिडियो Music4K
अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :