काठमाडौं । नव गायक भुपेन्द्र सुनार र मिठो स्वरकी धनी गायिका मनु देवकोटाको आवाजमा ‘घर थियो गेट भको’ बोलको गीत सार्वजनिक भएको छ।
गीतले माया प्रेम र बिछोडको कुरालाई देखाउन खोजेको छ।
गीतमा प्रकाश बिश्वोकर्माको शब्द,संगीत रहेको छ । उक्त गीतमा सबैको लोक प्रिय गायक भुपेन्द्र सुनार र मिठो स्वरकी धनी गायिका मनु देवकोटा को स्वर रहेको छ। गीतलाई पदम बि सी ले संगीत संयोजन गरेका हुन्।
प्रकाश बिश्वोकर्माको निर्देशन रहेको ‘घर थियो गेट भको’ भिडियोलाई प्रकाश बिश्वोकर्माले सम्पादन गरेका हुन् । ‘घर थियो गेट भको’ म्यूजिक भिडियो Prakash Bishwokarma अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :