Menu Close

कुशल बिश्वकर्मा र शान्ती श्री परियारको ‘बनको काफल’ मा भिम खड्का/जानकी कुँवर (भिडियोसहित)

काठमाडौं। सबैको लोक प्रिय कुशल बिश्वकर्मा र मिठो स्वरकी धनी गायिका शान्ती श्री परियारको आवाज,भिम खड्का र जानकी कुँवरको अभिनयमा ‘बनको काफल’ सार्वजनिक भएको छ।

अत्यन्तै चर्चित तथा नेपालीहरुकाे मनमा बस्न सफल गायक कुशल बिश्वकर्मा र गायिका शान्ती श्री परियारकाे समुधुर आवाजमा ‘बनको काफल’ सार्वजनिक भएको छ । कुशल बिश्वकर्मा र शान्ती श्री परियारले दर्जनौं गीतलाई आफ्नो आवाजले सजाएर लाखौ दर्शकको मन मुटुमा बस्न सफल गायक/गायिका हुन् । त्यस्तै कुशल बिश्वकर्माले विभिन्न गीतहरूमा आवाज र मिठास पुर्ण शब्द तथा संगीत दिएका छन् र मोडल भिम खड्काले दर्जनौं भिडियोमा अभिनय गरेर सम्पूर्ण दर्शकको मन मुटुमा बस्न सफल भएका छन्।

गीतमा इन्द्र दाहाल (शिशिर)को शब्द,सुरोज थापाको संगीत रहेको छ । उक्त गीतमा सबैको लोक प्रिय गायक कुशल बिश्वकर्मा र मिठो स्वरकी धनी गायिका शान्ती श्री परियारको स्वर रहेको छ। मालश्री डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई खडक बाजुरालीले मिक्सिङ / मास्टरिङ र बिनोद बाजुरालीले संगीत संयोजन गरेका हुन्।

देवेन्द्र कुँवरको निर्देशन/कोरीयोग्राफर रहेको उक्त भिडियोमा भिम खड्का र जानकी कुँवरको अभिनय रहेको छ। प्रकाश खड्काले छायांकन गरेको भिडियोलाई मिन रावलले सम्पादन,कलर गरेका हुन् । ‘बनको काफल’ म्यूजिक भिडियो princess films अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Leave a Reply

Your email address will not be published.