काठमाडौं। सबैको लोक प्रिय डम्बर हिङ्गमाङ्ग र मिठो स्वरकी धनी गायिका अस्मिता अधिकारीको आवाज,सुधिर श्रेष्ठ र प्रियाना आचार्यको अभिनयमा ‘मेरो आँखामा’ सार्वजनिक भएको छ।
गीतमा सुबास के.सी.को शब्द,संगीत रहेको छ। उक्त गीतमा सबैको लोक प्रिय गायक डम्बर हिङ्गमाङ्ग र मिठो स्वरकी धनी गायिका अस्मिता अधिकारीको स्वर रहेको छ। ए प्लस डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई साजन शाहले मिक्सिङ / मास्टरिङ र महाराज थापाले संगीत संयोजन गरेका हुन्।
बिनोद बमको निर्देशन/ शिशिर बुढाथोकीको कोरीयोग्राफर रहेको उक्त भिडियोमा सुधिर श्रेष्ठ र प्रियाना आचार्यको अभिनय रहेको छ। रामकुमार के.सी.ले छायांकन गरेको भिडियोलाई बिनोद बमले सम्पादन,कलर गरेका हुन् । ‘मेरो आँखामा’ म्यूजिक भिडियो
Lokpriya Multimedia अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :