Menu Close

चर्चित गायिका बिष्णु माझी र कमल सुशान्त के.सी.को आवाजमा ‘रगतको खोली’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं। सबैको लोक प्रिय कमल सुशान्तके.सी. र मिठो स्वरकी धनी/चर्चित गायिका बिष्णु माझीको आवाज, देवेन्द्र बब्लु र सम्झना घिमिरेको अभिनयमा ‘रगतको खोली’ सार्वजनिक भएको छ।

अत्यन्तै चर्चित तथा नेपालीहरुकाे मनमा बस्न सफल गायिका बिष्णु माझी र गायक कमल सुशान्त के.सी.काे समुधुर आवाजमा ‘रगतको खोली’ सार्वजनिक भएको छ । बिष्णु माझी र कमल सुशान्त के.सी.ले दर्जनौं गीतलाई आफ्नो आवाजले सजाएर लाखौ दर्शकको मन मुटुमा बस्न सफल गायक/गायिका हुन् । त्यस्तै कमल सुशान्त के.सी.ले विभिन्न गीतहरूमा आवाज र मिठास पुर्ण शब्द तथा संगीत दिएका छन् र मोडल देवेन्द्र बब्लुले दर्जनौं भिडियोमा अभिनय गरेर सम्पूर्ण दर्शकको मन मुटुमा बस्न सफल भएका छन्।

गीतमा बाबुराम के.सी.को शब्द,कमल सुशान्त के.सी.को संगीत रहेको छ। उक्त गीतमा सबैको लोक प्रिय गायक कमल सुशान्त के.सी.र मिठो स्वरकी धनी/चर्चित गायिका बिष्णु माझीको स्वर रहेको छ। मालश्री डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई खडक बाजुरालीले मिक्सिङ / मास्टरिङ र बिनोद बाजुरालीले संगीत संयोजन गरेका हुन्।

समिर थोकरको निर्देशन रहेको उक्त भिडियोमा देवेन्द्र बब्लु र सम्झना घिमिरेको अभिनय रहेको छ। सुशील डाँगीले छायांकन गरेको भिडियोलाई दिपक बिस्टले सम्पादन,कलर गरेका हुन् । रुलोसना डिजिटल र तस्बिर तामाङको निर्माण रहेको यस ‘रगतको खोली’ म्यूजिक भिडियो Kamal Sushant KC अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना ।

भिडियो हेर्नुहोस् :

Leave a Reply

Your email address will not be published.