Menu Close

कार्की जी को संगीत,अश्मिता अधिकारी र प्रताप दासको आवाजमा ‘तिम्रै मायाले’ सार्वजनिक (भिडियोसहित)

Share

काठमाडौं। सबैको लोक प्रिय गायक प्रताप दास र मिठो स्वरकी धनी/चर्चित गायिका अश्मिता अधिकारीको आवाज,गरिमा शर्मा र सागर भण्डारीको अभिनयमा ‘तिम्रै मायाले’ सार्वजनिक भएको छ।

अत्यन्तै चर्चित तथा नेपालीहरुकाे मनमा बस्न सफल गायिका अश्मिता अधिकारी र गायक कमल प्रताप दासकाे समुधुर आवाजमा ‘तिम्रै मायाले’ सार्वजनिक भएको छ । अश्मिता अधिकारी र प्रताप दासले दर्जनौं गीतलाई आफ्नो आवाजले सजाएर लाखौ दर्शकको मन मुटुमा बस्न सफल गायक/गायिका हुन् । त्यस्तै सुबाश कार्की (कार्की जी)ले विभिन्न गीतहरूमा आवाज र मिठास पुर्ण शब्द तथा संगीत दिएका छन् र मोडल गरिमा शर्माले दर्जनौं भिडियोमा अभिनय गरेर सम्पूर्ण दर्शकको मन मुटुमा बस्न सफल भएका छन्।

गीतमा बादल घिमिरेको शब्द,सुबाश कार्की (कार्की जी) को संगीत रहेको छ। उक्त गीतमा सबैको लोक प्रिय गायक प्रताप दास र मिठो स्वरकी धनी/चर्चित गायिका अश्मिता अधिकारीको स्वर रहेको छ। मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई कुमार रानाले मिक्सिङ / मास्टरिङ र बिशाल निरौलाले संगीत संयोजन गरेका हुन्।

बिक्रम चौहानको निर्देशन/कोरीयोग्राफर रहेको उक्त भिडियोमा गरिमा शर्मा र सागर भण्डारीको अभिनय रहेको छ। प्रकाश खड्काले छायांकन गरेको भिडियोलाई मिलन बिश्वकर्माले सम्पादन,कलर गरेका हुन् । बि.स्टार फिल्मस् ले निर्माण गरेको को यस ‘तिम्रै मायाले’ म्यूजिक भिडियो Badal Ghimire अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना ।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *