काठमाडौं। सबैको लोक प्रिय प्रताप दास र मिठो स्वरकी धनी/चर्चित गायिका रचना रिमालको आवाज, पुष्प खड्का,सुधिर श्रेष्ठ,प्रियना आचार्य र उषा उप्रेतीको अभिनयमा ”मन बिगार्यो स्त्री जातैले,तन बिगार्यो लोकलको मातैले” सार्वजनिक भएको छ।
अत्यन्तै चर्चित तथा नेपालीहरुकाे मनमा बस्न सफल गायिका रचना रिमाल र गायक प्रताप दासकाे समुधुर आवाजमा ”मन बिगार्यो स्त्री जातैले,तन बिगार्यो लोकलको मातैले” सार्वजनिक भएको छ । रचना रिमाल र प्रताप दासले दर्जनौं गीतलाई आफ्नो आवाजले सजाएर लाखौ दर्शकको मन मुटुमा बस्न सफल गायक/गायिका हुन् । त्यस्तै डा.डिआर उपाध्यायले विभिन्न गीतहरूमा मिठास पुर्ण शब्द दिएका छन् र अभिनेता/मोडल पुष्प खड्का,सुधिर श्रेष्ठ,प्रियना आचार्य र उषा उप्रेतीले दर्जनौं भिडियोमा अभिनय गरेर सम्पूर्ण दर्शकको मन मुटुमा बस्न सफल भएका छन्।
गीतमा डा.डिआर उपाध्यायको शब्द,बाबुल गिरीको संगीत रहेको छ। उक्त गीतमा सबैको लोक प्रिय गायक प्रताप दास र मिठो स्वरकी धनी/चर्चित गायिका रचना रिमालको स्वर रहेको छ।वान डिबि डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई एचबीएन किस्मतले मिक्सिङ / मास्टरिङ र बाबुल गिरीले संगीत संयोजन गरेका हुन्।
माइकल चन्दको निर्देशन/माइकल स्टेप अप आर्ट एण्ड एकेडमीको कोरीयोग्राफर रहेको उक्त भिडियोमा पुष्प खड्का,सुधिर श्रेष्ठ,प्रियना आचार्य र उषा उप्रेतीको अभिनय रहेको छ। उत्सव दाहालले छायांकन गरेको भिडियोलाई शिलन लम्सालले सम्पादन,कलर गरेका हुन् । ”मन बिगार्यो स्त्री जातैले,तन बिगार्यो लोकलको मातैले” म्यूजिक भिडियो DR Music & Creations अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :