काठमाडौं। सबैको लोक गायक एवं गीतकार डीपी खनाल डीपी खनाल र मिठो स्वरकी धनी/चर्चित गायिका ममता गुरुङको आवाज,सुधिर श्रेष्ठ,जुना कार्कीको अभिनयमा ‘मायाको मौसम’ सार्वजनिक भएको छ।
अत्यन्तै चर्चित तथा नेपालीहरुकाे मनमा बस्न सफल गायिका ममता गुरुङ र गायक एवं गीतकार डीपी खनालकाे समुधुर आवाजमा ‘मायाको मौसम’ सार्वजनिक भएको छ । ममता गुरुङ र डीपी खनालले दर्जनौं गीतलाई आफ्नो आवाजले सजाएर लाखौ दर्शकको मन मुटुमा बस्न सफल गायक एवं गीतकार/गायिका हुन् । त्यस्तै शङ्कर थापा ‘स्माइल’ले विभिन्न गीतहरूमा मिठास पुर्ण शब्द/संगीत दिएका छन् र मोडल सुधिर श्रेष्ठ,जुना कार्कीले दर्जनौं भिडियोमा अभिनय गरेर सम्पूर्ण दर्शकको मन मुटुमा बस्न सफल भएका छन्।
गीतमा सदु थापा खनालको शब्द,शङ्कर थापा ‘स्माइल’को संगीत रहेको छ। उक्त गीतमा सबैको लोक प्रिय गायक एवं गीतकार डीपी खनाल र मिठो स्वरकी धनी/चर्चित गायिका ममता गुरुङको स्वर रहेको छ। फील डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई अशोक महर्जनले मिक्सिङ / मास्टरिङ र विश्व अधिकारीले संगीत संयोजन गरेका हुन्।
मुनाल शिशिर कोइरालाको निर्देशन रहेको उक्त भिडियोमा सुधीर श्रेष्ठ र जुना कार्कीको अभिनय रहेको छ। सुजन श्रेष्ठले छायांकन गरेको भिडियोलाई दिन्सन शाहले सम्पादन,कलर गरेका हुन् । ‘मायाको मौसम’ म्यूजिक भिडियो Sudhir Shrestha – Sirkaar अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :