काठमाडौं। सबैको लोक गायक रंजन राई र मिठो स्वरकी धनी/चर्चित गायिका ममता गुरुङको आवाज,जोहन बम र रिधिमा तामाङ “रेहाना” को अभिनयमा ‘तिमी सास हौ मेरो’ सार्वजनिक भएको छ।
गीतमा मित्र के.सी.को शब्द,संगीत रहेको छ। उक्त गीतमा सबैको लोक प्रिय गायक रंजन राई र मिठो स्वरकी धनी/चर्चित गायिका ममता गुरुङको स्वर रहेको छ। अलंकार डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई रंजन राईले मिक्सिङ/मास्टरिङ र बिशाल निरौलाले संगीत संयोजन गरेका हुन्।
काजिश श्रेष्ठको निर्देशन/कोरीयोग्राफर रहेको उक्त भिडियोमा जोहन बम र रिधिमा तामाङ ”रेहाना” को अभिनय रहेको छ। मुकेश हुमागाईंले छायांकन गरेको भिडियोलाई दिपक बिस्टले सम्पादन,कलर गरेका हुन् । Timi Saas Hau Mero ‘तिमी सास हौ मेरो’ म्यूजिक भिडियो John Bam official अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :