काठमाडौं। सबैको लोक गायक जनक बिबश न्यौपाने र मिठो स्वरकी धनी/चर्चित गायिका अनु चौधरीको आवाज,सुधिर श्रेष्ठ,रिया रुम्बाको अभिनयमा “जुनी जुनी” सार्वजनिक भएको छ।
अत्यन्तै चर्चित तथा नेपालीहरुकाे मनमा बस्न सफल गायिका अनु चौधरी र गायक जनक बिबश न्यौपानेकाे समुधुर आवाजमा “जुनी जुनी” सार्वजनिक भएको छ ।अनु चौधरी र जनक बिबश न्यौपानेले दर्जनौं गीतलाई आफ्नो आवाजले सजाएर लाखौ दर्शकको मन मुटुमा बस्न सफल गायक/गायिका हुन् । त्यस्तै जनक बिबश न्यौपानेले विभिन्न गीतहरूमा मिठास पुर्ण शब्द/संगीत दिएका छन् र मोडल सुधिर श्रेष्ठले दर्जनौं भिडियोमा अभिनय गरेर सम्पूर्ण दर्शकको मन मुटुमा बस्न सफल भएका छन्।
गीतमा जनक बिबश न्यौपानेको शब्द,संगीत रहेको छ। उक्त गीतमा सबैको लोक प्रिय गायक जनक बिबश न्यौपाने र मिठो स्वरकी धनी/चर्चित गायिका अनु चौधरीको स्वर रहेको छ। किङ्ग डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई राजु कार्कीले मिक्सिङ / मास्टरिङ र संगीत संयोजन गरेका हुन्।
निशान एस.के.को निर्देशन रहेको उक्त भिडियोमा सुधीर श्रेष्ठ र रिया रुम्बाको अभिनय रहेको छ। बुद्ध थापाले छायांकन गरेको भिडियोलाई प्रकाश एस.के.ले सम्पादन,कलर गरेका हुन् । “जुनी जुनी” म्यूजिक भिडियो Janak Bibash Neupane अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :