Menu Close

केशव बिश्वोकर्माको संगीत,आश्मा र दीपेन्द्रको आवाजमा “सम्झेर लाज लाग्यो” सार्वजनिक (भिडियोसहित)

Share

काठमाडौं। सबैको लोक गायक दीपेन्द्र सोनाम र मिठो स्वरकी धनी गायिका आश्मा बिश्वोकर्माको आवाजमा “सम्झेर लाज लाग्यो” सार्वजनिक भएको छ।

गीतमा सन्दिप बिश्वोकर्माको शब्द,केशव बिश्वोकर्माको संगीत रहेको छ। उक्त गीतमा सबैको लोक प्रिय गायक दीपेन्द्र सोनाम र मिठो स्वरकी धनी गायिका आश्मा बिश्वोकर्माको स्वर रहेको छ। सुर संगीत डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई गोबिन्द सोनीले मिक्सिङ / मास्टरिङ र सुनिल परियारले संगीत संयोजन गरेका हुन्।

एकान्त मगरको निर्देशन रहेको उक्त भिडियोमा कबिना श्रेष्ठ/दीपेन्द्र सोनाम/जुना आले मगर/राज राई/पस्बिन राई/स्वस्तिका खडका/प्रेमिका शर्मा/करुणा चापागाई/सुरेन्द्र शाही/रोदिया श्री लगायतको संयुक्त अभिनय रहेको छ। केशव बिश्वोकर्माले छायांकन गरेको भिडियोलाई एकान्त मगरले सम्पादन,कलर गरेका हुन् । “सम्झेर लाज लाग्यो” म्यूजिक भिडियो AK PRODUCTION अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *