काठमाडौं। सबैको लोक गायक चोत्लुङ हाङ लिम्बु र मिठो स्वरकी धनी गायिका जुनी खालिङ राईको आवाजमा “झलमल खुल्छ” सार्वजनिक भएको छ।
गीतमा जीवन खालिङ राईको शब्द,अनिल कोयी राईको संगीत रहेको छ। उक्त गीतमा सबैको लोक प्रिय गायक चोत्लुङ हाङ लिम्बु र मिठो स्वरकी धनी गायिका जुनी खालिङ राईको स्वर रहेको छ। सेवा डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई मुस्कान मुकारुङले मिक्सिङ / मास्टरिङ र कृष्णभक्त राईले संगीत संयोजन गरेका हुन्।
योकेन मुकारुङले छायांकन गरेको भिडियोलाई जीवन मुकारुङले सम्पादन,कलर गरेका हुन् । “झलमल खुल्छ” म्यूजिक भिडियो JUNI KHALING RAI Official अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :