काठमाडौं। सबैको लोक गायक राजेश पायल राई र मिठो स्वरकी धनी/चर्चित गायिका अश्मिता अधिकारीको आवाज,राजेश पायल राई र केकी अधिकारीको अभिनयमा ‘तिम्रै नाम होस’ सार्वजनिक भएको छ।
अत्यन्तै चर्चित तथा नेपालीहरुकाे मनमा बस्न सफल गायिका अश्मिता अधिकारी र गायक राजेश पायल राईकाे समुधुर आवाजमा ‘तिम्रै नाम होस’ सार्वजनिक भएको छ । अश्मिता अधिकारी र राजेश पायल राईले दर्जनौं गीतलाई आफ्नो आवाजले सजाएर लाखौ दर्शकको मन मुटुमा बस्न सफल गायक/गायिका हुन् । त्यस्तै बसन्त सापकोटाले विभिन्न गीतहरूमा मिठास पुर्ण शब्द/संगीत दिएका छन् र नायिका केकी अधिकारीले दर्जनौं चलचित्र र भिडियोमा अभिनय गरेर सम्पूर्ण दर्शकको मन मुटुमा बस्न सफल भएकी छिन्।
गीतमा गोपाल लोहारको शब्द,बसन्त सापकोटाको संगीत रहेको छ। उक्त गीतमा सबैको लोक प्रिय गायक राजेश पायल राई र मिठो स्वरकी धनी/चर्चित गायिका अश्मिता अधिकारीको स्वर रहेको छ। ए वान डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई किशोर थापाले मिक्सिङ / मास्टरिङ र संजीव बराइलीले संगीत संयोजन गरेका हुन्।
कविराज गहतराजको निर्देशन/कोरीयोग्राफररहेको उक्त भिडियोमा गायक राजेश पायल राई र नायिका केकी अधिकारीको अभिनय रहेको छ। सुदिप बरालले छायांकन गरेको भिडियोलाई अर्जुन जि सि ले सम्पादन,रेनिश फागोले कलर गरेका हुन् । भीमा लोहार निर्मात्री रहेको यस ‘तिम्रै नाम होस’ म्यूजिक भिडियो Golo Production अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :