काठमाडौं। सबैको लोक गायक कृष्ण देवकोटा र मिठो स्वरकी धनी/चर्चित गायिका शान्ती श्री परियारको आवाज,नायक पुष्प खड्का र मोडल जुना सुन्दासको अभिनयमा ‘जोर धाराको पानी’ सार्वजनिक भएको छ।
गीतमा कृष्ण देवकोटाको शब्द,संगीत रहेको छ। उक्त गीतमा सबैको लोक प्रिय गायक कृष्ण देवकोटा र मिठो स्वरकी धनी/चर्चित गायिका शान्ती श्री परियारको स्वर रहेको छ। राग डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई मनोज परियारले मिक्सिङ / मास्टरिङ र आशिश अविरलले संगीत संयोजन गरेका हुन्।
मौसमी हिमालीको निर्देशन/कोरीयोग्राफर रहेको उक्त भिडियोमा नायक पुष्प खड्का र मोडल जुना सुन्दासको अभिनय रहेको छ। नवराज उप्रेतीले छायांकन गरेको भिडियोलाई नविन घर्ती मगरले सम्पादन,कलर गरेका हुन् । ‘जोर धाराको पानी’ म्यूजिक भिडियो Krishna Devkota अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :