काठमाडौं। सबैको लोक गायक जय देवकोटा र मिठो स्वरकी धनी गायिका लक्ष्मी रेग्मीको आवाज,जय देवकोटा र संदिक्ष्या गौतमको अभिनयमा ‘बाध्यता’ सार्वजनिक भएको छ।
गीतमा जय देवकोटाको शब्द,संगीत रहेको छ। उक्त गीतमा सबैको लोक प्रिय गायक जय देवकोटा र मिठो स्वरकी धनी गायिका लक्ष्मी रेग्मीको स्वर रहेको छ। तरङ्ग स्टुडियोमा रेकर्ड गरेको गीतलाई कृष्ण के.सी.ले संगीत संयोजन गरेका हुन्।
मदन खड्काको निर्देशन रहेको उक्त भिडियोमा जय देवकोटा र संदिक्ष्या गौतमको अभिनय रहेको छ। बिरेन्द्र भट्टले छायांकन गरेको भिडियोलाई अनिल रानाले सम्पादन,कलर गरेका हुन् । ‘बाध्यता’ म्यूजिक भिडियो Jaya Devkota अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :