काठमाडौं। सबैको लोक गायक प्रताप दासको आवाज,बिक्रम बुढाथोकी/हिमा थापा/बिदुर कुँवरको अभिनयमा ‘भोली छुटेर रुनु भन्दा’ सार्वजनिक भएको छ।
अत्यन्तै चर्चित तथा नेपालीहरुकाे मनमा बस्न सफल गायक प्रताप दासको समुधुर आवाजमा ‘भोली छुटेर रुनु भन्दा’ सार्वजनिक भएको छ । प्रताप दासले दर्जनौं गीतलाई आफ्नो आवाजले सजाएर लाखौ दर्शकको मन मुटुमा बस्न सफल गायक हुन् । त्यस्तै रोशन सिंहले विभिन्न गीतहरूमा मिठास पुर्ण शब्द/संगीत दिएका छन् र मोडल बिक्रम बुढाथोकी र हिमा थापाले दर्जनौं भिडियोमा अभिनय गरेर सम्पूर्ण दर्शकको मन मुटुमा बस्न सफल भएकी छिन्।
गीतमा रोशन सिंहको शब्द,संगीत रहेको छ। उक्त गीतमा सबैको लोक प्रिय गायक प्रताप दासको स्वर रहेको छ। मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई कुमार रानाले मिक्सिङ / मास्टरिङ र बिशाल निरौलाले संगीत संयोजन गरेका हुन्।
आयुष छेत्री (प्रिन्स)को कथा/निर्देशन रहेको उक्त भिडियोमा बिक्रम बुढाथोकी/हिमा थापा र बिदुर कुँवरको अभिनय रहेको छ। दिपक गिरीले छायांकन गरेको भिडियोलाई मिन रावलले सम्पादन,कलर गरेका हुन् । Bholi Chhutera Runu Bhanda ‘भोली छुटेर रुनु भन्दा’ म्यूजिक भिडियो Hit Music अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :