काठमाडौं। सबैको लोक गायक घनश्याम खत्री र मिठो स्वरकी धनी गायिका लक्ष्मी खड्काको आवाज,अर्जुन सापकोटा/संचिता बोलाखेको अभिनयमा ‘जोडी मजुर’ सार्वजनिक भएको छ।
गीतमा घनश्याम खत्रीको शब्द,संगीत रहेको छ। उक्त गीतमा सबैको लोक प्रिय गायक घनश्याम खत्री र मिठो स्वरकी धनी गायिका लक्ष्मी खड्काको स्वर रहेको छ। मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई कुमार रानाले मिक्सिङ / मास्टरिङ र डोल राज बरघरेले संगीत संयोजन गरेका हुन्।
मदन खड्काको निर्देशन/कोरीयोग्राफर रहेको उक्त भिडियोमा अर्जुन सापकोटा/संचिता बोलाखेको अभिनय रहेको छ। बिरेन्द्र भट्टले छायांकन गरेको भिडियोलाई बिकाश ज्ञवालीले सम्पादन,कलर गरेका हुन् । JODI MAJUR ‘जोडी मजुर’ म्यूजिक भिडियो Ghanashyam Khatri
अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :