Menu Close

बिराज कार्की र सदिक्ष्या अर्जेलको अभिनयमा “तिमीलाई हेरेर” सार्वजनिक (भिडियो सहित)

Share

काठमाडौं। प्रेक्षा लमसाल र डा.सैलेश कुमार मिश्रको सुमधुर आवाजमा “तिमीलाई हेरेर” सार्वजनिक भएको छ ।

मित्र के.सी.को शब्द/संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका प्रेक्षा लमसाल र लोक प्रिय गायक डा.सैलेश कुमार मिश्रको सुमधुर स्वर रहेको छ। अलंकार डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले संगीत संयोजन र रंजन राईले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

करण साउदको निर्देशन,मालिक शाहीलको कोरीयोग्राफर रहेको उक्त भिडियोमा बिराज कार्की र सदिक्ष्या अर्जेलको अभिनय रहेको छ। रोनिश तमांगले छायाँङ्कन गरेको भिडियोलाई बिनोद बमले सम्पादन,कलर गरेका हुन् । पि.एम.मोशन पिक्चर्सको प्रस्तुती रहेको “तिमीलाई हेरेर” म्यूजिक भिडियो PM Motion Pictures युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *