काठमाडौं। बलदेव थापाको शब्द,बबिना भट्टराईको संगीतमा “तिमीलाई देखे पछी” सार्वजनिक भएको छ ।
बलदेव थापाको शब्द,बबिना भट्टराईको संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक प्रताप दास र मिठो स्वरकी धनी गायिका बबिना भट्टराईको सुमधुर स्वर रहेको छ। म्यूजिक नेपाल स्टुडियोमा रेकर्ड गरेको गीतलाई पुरुसोत्तम सुबेदीले संगीत संयोजन र प्रकाश खरेलले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
Aj Aju को निर्देशन रहेको उक्त भिडियोमा प्रताप दास र बबिना भट्टराईको अभिनय रहेको छ। Aj Aju ले छायाँङ्कन गरेको भिडियोलाई मिन बहादुर रावलले सम्पादन,कलर गरेका हुन् । बबिना भट्टराईको प्रस्तुती रहेको “तिमीलाई देखे पछी” म्यूजिक भिडियो Babina Bhattarai
official युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :