काठमाडौं। टेक बि.सी. र गायिका एलिना चौहानको सुमधुर आवाजमा “मनको भारी” सार्वजनिक भएको छ ।
हरिभक्त बुढाथोकीको शब्द,भिम बि.सी.को संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक टेक बि.सी. र मिठो स्वरकी धनी गायिका एलिना चौहानको सुमधुर स्वर रहेको छ। मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले संगीत संयोजन र कुमार रानाले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
सान थापाको निर्देशन रहेको उक्त भिडियोमा सन्तोष दवाडी र नीतु दवाडीको अभिनय रहेको छ। महेश महराले छायाँङ्कन गरेको भिडियोलाई मिन रावलले सम्पादन,कलर गरेका हुन् । हरिभक्त बुढाथोकीको प्रस्तुती रहेको “मनको भारी” म्यूजिक भिडियो Hari Bhakta Budhathoki official युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :