काठमाडौं। सबैको लोक प्रिय गायक राजन कार्की र मिठो स्वरकी धनी गायिका मेलिना राईको स्वर, प्रकाश सपुत र निता ढुंगानाको अभिनयमा ‘मायालाई भेटेसी’ सार्वजनिक भएको छ।
अत्यन्तै चर्चित तथा नेपालीहरुकाे मनमा बस्न सफल सबैको लोक प्रिय गायक राजन कार्की र मिठो स्वरकी धनी गायिका मेलिना राईको समुधुर आवाजमा ‘मायालाई भेटेसी’ सार्वजनिक भएको छ। राजन कार्की र मेलिना राईले दर्जनौं गीतलाई आफ्नो आवाजले सजाएर लाखौ दर्शकको मन मुटुमा बस्न सफल गायक/गायिका हुन् । त्यस्तै राजन कार्कीले विभिन्न गीतहरूमा मिठास पुर्ण शब्द/संगीत दिएक छन्।
गीतमा राजन कार्कीको शब्द,संगीत रहेको छ। उक्त गीतमा सबैको लोक प्रिय गायक राजन कार्की र मिठो स्वरकी धनी गायिका मेलिना राईको स्वर रहेको छ। राग डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई आशिश अविरलले मिक्सिङ / मास्टरिङ र संगीत संयोजन गरेका हुन्।
कुमार के.सी.को निर्देशन र प्रशान्त मगरको कोरीयोग्राफर रहेको उक्त भिडियोमा प्रकाश सपुत र निता ढुंगानाको अभिनय रहेको छ। अजय रेग्मीले छायांकन गरेको भिडियोलाई बिकाश ज्ञवालीले सम्पादन,कलर गरेका हुन् । राजेन्द्र खत्री निर्माता रहेको ‘मायालाई भेटेसी’ म्यूजिक भिडियो Smita Sneha Entertainment अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :