Menu Close

बादल घिमिरेको संगीत,रामजी खाँड र प्रविशा अधिकारीको आवाजमा ‘मनमा पिर’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं। सबैको लोक प्रिय गायक रामजी खाँड र मिठो स्वरकी धनी गायिका प्रविशा अधिकारीको स्वर,बादल घिमिरे र प्रियना आचार्यको अभिनयमा ‘मनमा पिर’ सार्वजनिक भएको छ।

अत्यन्तै चर्चित तथा नेपालीहरुकाे मनमा बस्न सफल सबैको लोक प्रिय गायक रामजी खाँड र मिठो स्वरकी धनी गायिका प्रविशा अधिकारीको समुधुर आवाजमा ‘मनमा पिर’ सार्वजनिक भएको छ। रामजी खाँड र प्रविशा अधिकारीले दर्जनौं गीतलाई आफ्नो आवाजले सजाएर लाखौ दर्शकको मन मुटुमा बस्न सफल गायक/गायिका हुन् । त्यस्तै बादल घिमिरेले विभिन्न गीतहरूमा मिठास पुर्ण शब्द/संगीत दिएक छन् र मोडेल बादल घिमिरे र प्रियना आचार्यले दर्जनौं भिडियोमा अभिनय गरेर सम्पूर्ण दर्शकको मन मुटुमा बस्न सफल भएका छन्।

गीतमा रामकान्त न्यौपानेको शब्द,बादल घिमिरेको संगीत रहेको छ। उक्त गीतमा सबैको लोक प्रिय गायक रामजी खाँड र मिठो स्वरकी धनी गायिका प्रविशा अधिकारीको स्वर रहेको छ। गीतलाई श्यामश्वेत रसाइलीले मिक्सिङ / मास्टरिङ र विशाल निरौलाले संगीत संयोजन गरेका हुन्।

विक्रम चौहानको कथा एवं निर्देशन रहेको उक्त भिडियोमा बादल घिमिरे र प्रियना आचार्यको अभिनय रहेको छ। प्रकाश खड्काले छायांकन गरेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन,कलर गरेका हुन् । नमस्ते प्लसको प्रस्तुती रहेको ‘मनमा पिर’ म्यूजिक भिडियो NAMASTE PLUS अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Leave a Reply

Your email address will not be published.