काठमाडौं। सबैको लोक प्रिय गायक प्रताप दाष र मिठो स्वरकी धनी गायिका अनु ढकालको स्वर,आर्यन सिग्देल र पूजा शर्माको अभिनयमा ‘मायालु आभाष’ सार्वजनिक भएको छ।
अत्यन्तै चर्चित तथा नेपालीहरुकाे मनमा बस्न सफल सबैको लोक प्रिय गायक प्रताप दाष र मिठो स्वरकी धनी गायिका अनु ढकालको समुधुर आवाजमा ‘मायालु आभाष’ सार्वजनिक भएको छ। प्रताप दाष र अनु ढकालले दर्जनौं गीतलाई आफ्नो आवाजले सजाएर लाखौ दर्शकको मन मुटुमा बस्न सफल गायक/गायिका हुन् । त्यस्तै रबि मल्लले विभिन्न गीतहरूमा मिठास पुर्ण शब्द/संगीत दिएक छन् र नायक आर्यन सिग्देल र नायिका पूजा शर्माले दर्जनौं चलचित्र तथा भिडियोमा अभिनय गरेर सम्पूर्ण दर्शकको मन मुटुमा बस्न सफल भएका छन्।
गीतमा रबि मल्लको शब्द,संगीत रहेको छ। उक्त गीतमा सबैको लोक प्रिय गायक प्रताप दाष र मिठो स्वरकी धनी गायिका अनु ढकालको स्वर रहेको छ। अकोउस्टिक नेपाल डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई प्रकाश मिश्रले मिक्सिङ / मास्टरिङ र उदय राज पौडेलले संगीत संयोजन गरेका हुन्।
विधान कार्कीको निर्देशन रहेको उक्त भिडियोमा आर्यन सिग्देल र पूजा शर्माको अभिनय रहेको छ। हरि हुमागाईंले छायांकन गरेको भिडियोलाई बिकाश दाहालले सम्पादन,कलर गरेका हुन् । नेपमेलोको प्रस्तुती रहेको ‘मायालु आभाष’ म्यूजिक भिडियो NepMelo अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :