Menu Close

कर्णराज गिरीको आवाजमा ‘च्याप्पै समायो’ सार्वजनिक (भिडियो सहित)

Share

काठमाडौं। सबैको लोक प्रिय गायक कर्णराज गिरीको स्वर,कार्टुन्ज क्रु जुनियरको अभिनयमा ‘च्याप्पै समायो’ सार्वजनिक भएको छ।

अत्यन्तै चर्चित तथा नेपालीहरुकाे मनमा बस्न सफल सबैको लोक प्रिय गायक कर्णराज गिरीको समुधुर आवाजमा ‘च्याप्पै समायो’ सार्वजनिक भएको छ। कर्णराज गिरीले दर्जनौं गीतलाई आफ्नो आवाजले सजाएर लाखौ दर्शकको मन मुटुमा बस्न सफल गायक हुन् । त्यस्तै डि पि खनाल/शंकर थापा स्माईलले विभिन्न गीतहरूमा मिठास पुर्ण शब्द/संगीत दिएक छन् र कार्टुन्ज क्रु जुनियरले दर्जनौं भिडियोमा अभिनय गरेर सम्पूर्ण दर्शकको मन मुटुमा बस्न सफल भएका छन्।

गीतमा डि पि खनालको शब्द,शंकर थापा स्माईलको संगीत रहेको छ। उक्त गीतमा सबैको लोक प्रिय गायक कर्णराज गिरीको स्वर रहेको छ। प्रिज्म डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई श्यामस्वेत रसाइलीले मिक्सिङ/मास्टरिङ र रिकेश गुरुंगले संगीत संयोजन गरेका हुन्।

सरोज अधिकारीको कन्सेप्ट र निर्देशन/सरोज अधिकारी र पेम्बा मगरको कोरीयोग्राफर रहेको उक्त भिडियोमा कार्टुन्ज क्रु जुनियरको अभिनय रहेको छ। पवन सुस्लिंगले छायांकन गरेको भिडियोलाई सुरोज अधिकारीले सम्पादन,पवन सुस्लिंगले कलर गरेका हुन् । कर्णराज गिरीको प्रस्तुती रहेको ‘च्याप्पै समायो’ म्यूजिक भिडियो The Cartoonz Crew अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *