काठमाडौं। सबैको लोक प्रिय गायक निशान भट्टराई र मिठो स्वरकी धनी गायिका मेलिना राईको स्वर,लोमस शर्मा,अनु पराजुली,सन्दीप आचार्यको अभिनयमा ‘ज्योतिषीले भनेको’ सार्वजनिक भएको छ।
गीतमा प्रमोद भट्टराई “प्रतिक” को शब्द,कृति न्यौपानेको संगीत रहेको छ। उक्त गीतमा सबैको लोक प्रिय गायक निशान भट्टराई र मिठो स्वरकी धनी गायिका मेलिना राईको स्वर रहेको छ। प्रज्ञा डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई शम्भु तन्दुकरले मिक्सिङ / मास्टरिङ र पुरुषोत्तम सुबेदीले संगीत संयोजन गरेका हुन्।
बिनोद बमको निर्देशन/सन्देश रिमालको कोरीयोग्राफर रहेको उक्त भिडियोमा लोमस शर्मा,अनु पराजुली,सन्दीप आचार्यको अभिनय रहेको छ। मुकेश हुमागाईंले छायांकन गरेको भिडियोलाई बिनोद बमले सम्पादन,कलर गरेका हुन् । प्रमोद भट्टराई “प्रतिक” को प्रस्तुती रहेको ‘ज्योतिषीले भनेको’ म्यूजिक भिडियो OSR Digital अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :