Menu Close

जिम्बे राईको ‘परी’ मा लोक प्रिय गायक पुष्पन प्रधानको आवाज (भिडियो सहित)

Share

काठमाडौं। सबैको लोक प्रिय गायक पुष्पन प्रधानको स्वर,जिम्बे राई/रजनी गुरुङको अभिनयमा ‘परी’ सार्वजनिक भएको छ।

अत्यन्तै चर्चित तथा नेपालीहरुकाे मनमा बस्न सफल सबैको लोक प्रिय गायक पुष्पन प्रधानको समुधुर आवाजमा ‘परी’ सार्वजनिक भएको छ। पुष्पन प्रधानले दर्जनौं गीतलाई आफ्नो आवाजले सजाएर लाखौ दर्शकको मन मुटुमा बस्न सफल गायक हुन् । त्यस्तै जिम्बे राई/ऋषि खड्काले विभिन्न गीतहरूमा मिठास पुर्ण शब्द/संगीत दिएक छन् र जिम्बे राईले विभिन्न म्यूजिक भिडियो र रजनी गुरुङले दर्जनौं भिडियो तथा चलचित्रमा अभिनय गरेर सम्पूर्ण दर्शकको मन मुटुमा बस्न सफल भएका छन्।

गीतमा जिम्बे राईको शब्द,ऋषि खड्काको संगीत रहेको छ। उक्त गीतमा सबैको लोक प्रिय गायक पुष्पन प्रधानको स्वर रहेको छ। मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई कुमार रानाले मिक्सिङ/मास्टरिङ र बिशाल निरौलाले संगीत संयोजन गरेका हुन्।

रामजी लामिछानेको कथा/निर्देशन रहेको उक्त भिडियोमा जिम्बे राई/रजनी गुरुङको अभिनय रहेको छ। मानकृष्ण महर्जनले छायांकन गरेको भिडियोलाई बन्दे प्रसादले सम्पादन,राजेन्द्र मोक्तानले कलर गरेका हुन् । जिम्बे राईको प्रस्तुती रहेको ‘परी’ म्यूजिक भिडियो ZimbeyRai अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *