काठमाडौं। सबैको लोक प्रिय गायक सरोज लामिछाने र मिठो स्वरकी धनी गायिका लक्ष्मी मल्लको स्वर,बिनोद तामाङ/डिम्पल खनाल/अश्मिता रनपाल र सुशान्त आर टी को अभिनयमा ‘पानी मुनी लेउ’ सार्वजनिक भएको छ।
अत्यन्तै चर्चित तथा नेपालीहरुकाे मनमा बस्न सफल सबैको लोक प्रिय गायक सरोज लामिछाने र मिठो स्वरकी धनी गायिका लक्ष्मी मल्लको समुधुर आवाजमा ‘पानी मुनी लेउ’ सार्वजनिक भएको छ। सरोज लामिछाने र लक्ष्मी मल्लले दर्जनौं गीतलाई आफ्नो आवाजले सजाएर लाखौ दर्शकको मन मुटुमा बस्न सफल गायक/गायिका हुन् । त्यस्तै युनिक भोजराज बि.क.ले विभिन्न गीतहरूमा मिठास पुर्ण शब्द/संगीत दिएक छन् र मोडेल बिनोद तामाङ/डिम्पल खनाल/अश्मिता रनपाल र सुशान्त आर.टी.ले दर्जनौं भिडियोमा अभिनय गरेर सम्पूर्ण दर्शकको मन मुटुमा बस्न सफल भएका छन्।
गीतमा बिनोद तामाङ र युनिक भोजराज बि.क.को शब्द,संगीत रहेको छ। उक्त गीतमा सबैको लोक प्रिय गायक सरोज लामिछाने र मिठो स्वरकी धनी गायिका लक्ष्मी मल्लको स्वर रहेको छ। राग डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई एच.बि.एन किस्मतले मिक्सिङ/मास्टरिङ र कृष्ण बि.क.ले संगीत संयोजन गरेका हुन्।
समिर थोकरको निर्देशन/कोरीयोग्राफर रहेको उक्त भिडियोमा बिनोद तामाङ/डिम्पल खनाल/अश्मिता रनपाल र सुशान्त आर.टी.को अभिनय रहेको छ। सुशील डाँगीले छायांकन गरेको भिडियोलाई निराजन के.सी.ले सम्पादन,कलर गरेका हुन् । एन्जिला फिल्मस प्रा.लि.को प्रस्तुती रहेको ‘पानी मुनी लेउ’ Pani Muni Leu म्यूजिक भिडियो Anjila Films Pvt.Ltd. अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :