काठमाडौं । लोक प्रिय गायक बिदुर खड्का र मिठो स्वरकी धनी गायिका प्रतिमा अर्यालको आवाज,बिदुर खड्का र आयुष्मा कार्कीको अभिनयमा ‘एउटै सिरानी’ सार्वजनिक भएको छ।
गीतमा मित्र के.सी.को शब्द,संगीत रहेको छ। उक्त गीतमा लोक प्रिय गायक बिदुर खड्का र मिठो स्वरकी धनी गायिका प्रतिमा अर्यालको स्वर रहेको छ। शंकरा डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई कुमार सानु पुनले मिक्सिङ/मास्टरिङ र बिष्णु तामांगको संगीत संयोजन गरेका हुन्।
नारायण मगरको निर्देशन रहेको उक्त भिडियोमा बिदुर खड्का र आयुष्मा कार्कीको अभिनय देख्न सकिन्छ। बिपिन चौलागाईंले छायांकन गरेको भिडियोलाई प्रकाश एस.के.ले सम्पादन,कलर गरेका हुन् । बिदुर खड्काको प्रस्तुती रहेको ‘एउटै सिरानी’ म्यूजिक भिडियो
Milan Films Production अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :