Menu Close

सानु के.सी./स्मृति गौतम र जीवन खतिवडाको आवाजमा दशैं गीत ‘‘दशैं रमाईलो’’ सार्वजनिक (भिडियो सहित)

Share

काठमाडौं। आजकल केही दिन देखी यता ठाउँ ठाउँमा नेपालीहरको महान चाड दशैंको गीतहरु गुन्जिन थालेको छन् । नेपालीहरको महान चाड दशैंको चालचुला पनि बढ्न थाले संगै विभिन्न सामाजिक संजालहरु मार्फत नया दशैंका गीतहरु पनि आउन थालेको छन् । त्येस्तै अहिले सानु के.सी.को दशैं गीत ‘‘दशैं रमाईलो’’ सार्वजनिक भएको छ।

गीतमा जीवन खतिवडाको शब्द,सानु के.सी.को संगीत रहेको छ। उक्त गीतमा मिठो स्वरकी धनी गायिका सानु के.सी./स्मृति गौतम र सबैको लोक प्रिय गायक जीवन खतिवडाको स्वर रहेको छ। शंकरा डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई कुमार सानुले मिक्सिङ/मास्टरिङ र बिष्णु तामांगले संगीत संयोजन गरेका हुन्।

निरेन श्रेष्ठको निर्देशन/कोरीयोग्राफी रहेको उक्त भिडियोमा भुवन चौलागाईं/लक्ष्मी दर्नाल/प्रविन खत्री/करिश्मा कुँवर/रामकृष्ण घिमिरे र मनोज घोरासैनीको अभिनय रहेको छ। मुकेश हुमागाईंले छायांकन गरेको भिडियोलाई बिनोद बमले सम्पादन,कलर गरेका हुन् । जुनतारा इन्टरटेनमेन्टको प्रस्तुती रहेको Dashain Ramailo ‘दशैं रमाईलो’ म्यूजिक भिडियो Juntara Entertainment अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published.