Menu Close

शान्ती श्री परियार र सुप्रिम मल्ल ठकुरीको आवाजमा दशैं गीत ‘‘गरिबको दशैं’’ सार्वजनिक (भिडियो सहित)

Share

काठमाडौं। आजकल केही दिन देखी यता ठाउँ ठाउँमा नेपालीहरको महान चाड दशैंको गीतहरु गुन्जिन थालेको छन् । नेपालीहरको महान चाड दशैंको चालचुला पनि बढ्न थाले संगै विभिन्न सामाजिक संजालहरु मार्फत नया दशैंका गीतहरु पनि आउन थालेको छन् । त्येस्तै अहिले बोध श्रीको दशैं गीत ‘‘गरिबको दशैं’’ सार्वजनिक भएको छ।

गीतमा बोध श्रीको शब्द,केशब भाबुकको संगीत रहेको छ। उक्त गीतमा मिठो स्वरकी धनी गायिका शान्ती श्री परियार र सबैको लोक प्रिय बाल गायक सुप्रिम मल्ल ठकुरीको स्वर रहेको छ। बोध श्री डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई कृष्ण बाजुरालीले मिक्सिङ/मास्टरिङ र राजु कार्कीले संगीत संयोजन गरेका हुन्।

केशब भाबुकको कथा/निर्देशन रहेको उक्त भिडियोमा बोध श्री र रेशम फिरिरी र बाल कलाकार बिदन मैनाली/सोहन सुनार/निशानी थापा मगर/आरुषी पहाडीको अभिनय रहेको छ। नरेश ऐरले छायांकन गरेको भिडियोलाई Wronit Beesungkhe ले सम्पादन,कलर गरेका हुन् । बोध श्रीको प्रस्तुती रहेको ‘गरिबको दशैं’ म्यूजिक भिडियो BODHA ONLINE TV अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published.