काठमाडौं। अभि सुनार/चाहना श्रेष्ठ र सदिक्ष्या पाण्डेको अभिनयमा “म छु आज रोडमा तिमी करोडमा” २ “करोडको खेल” फिमेल भर्सन सार्वजनिक भएको छ।
गीतमा अभि सुनारको शब्द,बिशाल निरौलाको संगीत रहेको छ। उक्त गीतमा मिठो स्वरकी धनी गायिका एलिना चौहानको स्वर रहेको छ।अलंकार डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले संगीत संयोजन र रञ्जन राईले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
राहुल बराईलीको कथा/निर्देशन रहेको उक्त भिडियोमा अभि सुनार/चाहना श्रेष्ठ र सदिक्ष्या पाण्डेको अभिनय रहेको छ। मुकेश हुमागाईंले छायांकन गरेको भिडियोलाई बिनोद बमले सम्पादन,कलर गरेका हुन् । ASR DIGITAl को प्रस्तुती रहेको “म छु आज रोडमा तिमी करोडमा” २ “करोडको खेल” फिमेल भर्सन म्यूजिक भिडियो ASR DIGITAl अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :