काठमाडौं। मिठो स्वरकी धनी गायिका सान्ती थापा र सबैको लोक प्रिय गायक सैलेश कुमार मिश्रको आवाजमा “हो नी हुन” सार्वजनिक भएको छ।
गीतमा मित्र के.सी.को शब्द/संगीत रहेको छ । उक्त गीतमा मिठो स्वरकी धनी गायिका सान्ती थापा र सबैको लोक प्रिय गायक सैलेश कुमार मिश्रको स्वर रहेको छ। अलंकार डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले संगीत संयोजन र रञ्जन राईले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
राहुल बराईलीको निर्देशन/कोरीयोग्राफी रहेको उक्त भिडियोमा अनुप बोहरा,सान्ती थापा र उपेन्द्र भण्डारीको अभिनय रहेको छ। मुकेश हुमागाईंले छायांकन गरेको भिडियोलाई बिनोद बमले सम्पादन,कलर गरेका हुन् । एन्जिला फिल्मस् को प्रस्तुती रहेको “हो नी हुन” म्यूजिक भिडियो Anjila Films Pvt.Ltd. अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :