काठमाडौं। लोक प्रिय गायक रबिन राईको स्वर र आईशा राई,उकेश शिल्पकार,मनोज घिमिरेको अभिनयमा “समय” सार्वजनिक भएको छ।
गीतमा डा.कृष्ण हरि बरालको शब्द,तारा प्रकाश लिम्बुको संगीत रहेको छ । उक्त गीतमा सबैको लोक प्रिय गायक रबिन राईको स्वर रहेको छ। “समय” गीतलाई RB डिजिटल स्टुडियोमा रेकर्ड गरेको हो।
रोचक मगरको निर्देशन रहेको उक्त भिडियोमा आईशा राई,उकेश शिल्पकार,मनोज घिमिरेको अभिनय रहेको छ। निरोज मगरले छायांकन गरेको भिडियोलाई मनिष कार्कीले सम्पादन,कलर गरेका हुन् । AB Entertainment को प्रस्तुती र उज्वोल शिल्पकार निर्माता रहेको “समय” म्यूजिक भिडियो AB Entertainment अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :