काठमाडौं। रिज्योना कार्की/प्रेम सुनारको आवाज र अनुप बोहरा/गीता शाहीकोमा “मज्जा बेग्लै छ” सार्वजनिक भएको छ।
गीतमा मित्र के.सी.को शब्द/संगीत रहेको छ । उक्त गीतमा मिठो स्वरकी धनी गायिका रिज्योना कार्की र सबैको लोक प्रिय गायक प्रेम सुनारको स्वर रहेको छ। अलंकार डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले संगीत संयोजन र रञ्जन राईले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
राहुल बराईलीको निर्देशन/कोरीयोग्राफी रहेको उक्त भिडियोमा अनुप बोहरा र गीता शाहीको अभिनय रहेको छ। मुकेश हुमागाईंले छायांकन गरेको भिडियोलाई बिनोद बमले सम्पादन,कलर गरेका हुन् । ASR Digital को प्रस्तुती रहेको “मज्जा बेग्लै छ” म्यूजिक भिडियो ASR Digital अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :