काठमाडौं। मिठो स्वरकी धनी गायिका आश्मान लोप्चन र सबैको लोक प्रिय गायक रोस्ना लुङ्बाको स्वरमा “खाल्दा निबरी” सार्वजनिक भएको छ।
गीतमा कुमार स्याङबाको शब्द, बिशाल काल्तानको संगीत रहेको छ। उक्त गीतमा मिठो स्वरकी धनी गायिका रोस्ना लुङ्बा र सबैको लोक प्रिय गायक आश्मान लोप्चनको स्वर रहेको छ। पारिजात अलंकार डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई कर्साङ लामाले संगीत संयोजन र मिक्सिङ/मास्टरिङ गरेका हुन्।
हेरुका लामाको निर्देशन/कोरीयोग्राफी रहेको उक्त भिडियोमा बिक्रम लुङ्बा/आश्मान लोप्चन र बिन्दु रुम्बाको अभिनय रहेको छ। बज्र नग्यस्युरले छायांकन गरेको भिडियोलाई बिक्रम लुङ्बाले सम्पादन,बज्र नग्यस्युरले कलर गरेका हुन् ।आश्मान लोप्चन र रोस्ना लुङ्बाको प्रस्तुती रहेको “खाल्दा निबरी” म्यूजिक भिडियो Opera Digital अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :