काठमाडौं। दिनेश श्रेष्ठको शब्द/संगीत,मिठो स्वरकी धनी गायिका सन्जना लामा थापा र सबैको लोक प्रिय गायक सरोज लामाको स्वरमा “ओके म बाट” सार्वजनिक भएको छ।
गीतमा दिनेश श्रेष्ठको शब्द,संगीत रहेको छ। उक्त गीतमा मिठो स्वरकी धनी गायिका सन्जना लामा थापा र सबैको लोक प्रिय गायक सरोज लामाको स्वर रहेको छ। शंकरा अलंकार डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिष्णु तामांगले संगीत संयोजन गरेका हुन्।
बिक्रम लुङ्बाको निर्देशन र अनिल रानाको कोरीयोग्राफी रहेको उक्त भिडियोमा हेम कुमार लामा/निरु ठिङ्ग/संचिता घिमिरे र सरोज थापाको अभिनय रहेको छ। बिक्रम लुङ्बाले छायांकन/सम्पादन गरेको भिडियोलाई बिनोद बमले कलर गरेका हुन् । सन्जना लामा थापाको प्रस्तुती रहेको “ओके म बाट” म्यूजिक भिडियो Opera Digital अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :