Menu Close

कल्याण चौलागाईंको निर्देशन/कोरीयोग्राफीमा “सिन्धुपाल्चोक घुम्न जाउ” सार्वजनिक (भिडियो सहित)

Share

काठमाडौं। कल्याण चौलागाईंको निर्देशन/कोरीयोग्राफी र मिङ्मार शेर्पा,शम्भु शेर्पा,प्रनवी लामा,लमु शेर्पाको अभिनयमा “सिन्धुपाल्चोक घुम्न जाउ” सार्वजनिक भएको छ।

गीतमा बैरागी च्याङ्बाको शब्द/संगीत रहेको छ। उक्त गीतमा मिठो स्वरकी धनी गायिका सोनाम ह्योल्मो र सबैको लोक प्रिय गायक बैरागी च्याङ्बाको स्वर रहेको छ। पारीजात डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई कर्संग लामाले संगीत संयोजन र मिक्सिङ/मास्टरिङ गरेका हुन्।

कल्याण चौलागाईंको निर्देशन/कोरीयोग्राफी रहेको उक्त भिडियोमा मिङ्मार शेर्पा,शम्भु शेर्पा,प्रनवी लामा,लमु शेर्पाको अभिनय रहेको छ। रबिन्द्र लम्सालले छायाँङ्कन गरेको भिडियोलाई,रोनिस तामाङ्गले ड्रोन र जोन राईले सम्पादन,कलर गरेका हुन् । बैरागी च्याङ्बाको प्रस्तुती रहेको “सिन्धुपाल्चोक घुम्न जाउ” म्यूजिक भिडियो Bairagi Chyangba Official अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *