Menu Close

फेश अफ जनकपुर हन्ट-२०२३ को पहिलो संस्करणको उपाधि गजल कर्ण र शिवम भगतले जितेका छन् ।

बेशाख ८ गते शुक्रबारको दिन जनकपुर धाममा गर्ग प्रोड्क्स्न हाउस र साह ईन्टरटेन्मेन्ट कम्पनिले आयोजना गरेको प्रतियोगितामा बिजेताले पुरस्कारको रूपमा नगद १ लाख रुपैयाँका साथै अभिनय तथा फिल्म अध्ययनमा छात्रवृत्ति, विभिन्न मोडलिङहरूमा सम्झौता र फोटो भिडियो पोर्टफोलियो सुटको अवसर आदी प्राप्त गरेका छन । फस्ट रनर अपको उपाधि दिपिका साही र कृष्ण कुमार यादव साथै सेकेन्ड रनर अपको उपाधि पुजा माहासेठ र रघुनन्दन सिन्हले जितेका छन् ।

प्रतियोगिताको निर्णायक मण्डलमा अन्तर्राष्ट्रिय मोडेल तथा नायक दीपक घिमिरे, मोडेल /ट्रेनर लभिन अन्सारी र मोडेल तथा बियुटिशिएन दिपिका उपाध्री रहेका थिए ।

उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा जनकपुर उध्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र माहासेठ ज्यु रहेको थियो।
साथै अन्य थुप्रै मनोरञ्जनात्मक कार्यक्रमहरु पनि देखिएको थियो।

Leave a Reply

Your email address will not be published.